समाचारआइतबार, चैत्र ४, २०६९
अकुपाई बालुवाटारमा एमाओवादी हस्तक्षेप
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका बालकुष्ण ढुँगेललाई कारवाही गर्नुपर्ने माग राखेको भन्दै एमाओवादी कार्यकर्ताले ४ चैत विहान अकुपाई अभियानकर्तामाथि आक्रमण गरेको हो । अभियानको ८० औं दिनमा एमाओवादीले आक्रमण गरेको हो ।
एमाओवादीले अभियानकर्ताको पोष्टर, पम्पलेट समेत जलाई दिएका छन् । उनीहरुले ‘डलरवादी अपराधीलाई सामाजिक बहिस्कार गरौं’, ‘द्वन्द्वकालका मुद्दा खारेज गर’ जस्ता नारा लगाएका थिए ।
२ चैतमा निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईका सल्लाहकार देवेन्द्र पौडेल र एमाओवादी पोलिटब्यूरो सदस्य लिलबहादुर थापाले संयुक्त विज्ञप्ति निकालेर अपराधीलाई कारवाहीको माग गर्न नरोके आफूहरुले कडा कदम चाल्ने धम्कीपूर्ण विज्ञप्ति निकालेका थिए ।
