समाचारआइतबार, चैत्र ४, २०६९
रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरे बारले चुनाव हुन नदिने
४ चैतमा भक्तपुमा आयोजित अन्तरक्रियामा बार अध्यक्ष हरिकृष्ण कार्कीले बारको आन्दोलन निर्वाचन विथोल्नका लागि नभई न्यायालयलाई स्वतन्त्र राख्नका लागि भएको बताएका छन् । उनले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भएका खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नगर्दासम्म बारको आन्दोलन नरोकिने बताए ।
कार्कीले भने, “बार चुनावको विपक्षमा छैन, तर एउटै ब्यक्ति दुईवटा पदमा बस्न नहुने भएकाले प्रधानन्यायाधीशबाट राजीनामा नदिए हामीले गर्ने आन्दोलनले चुनाव हुन दिंदैन ।”
उनले बार एशोसिएसन र देशका २२ भन्दा बढी दलले विरोध गरिरहेका बेला चुनाव हुन नसक्ने भएकोले आफूहरुको माग सम्बोधन हुनु जरुरी रहेको बताएका थिए ।
