समाचारआइतबार, चैत्र ४, २०६९
न्याय सम्पादनमा संलग्न हुन्न–रेग्मी
आफू अदालतबाट अलग भएर आइसकेकाले त्यहाँ हुने कुनै कारवाहीमा आफूले हस्तक्षेप नगर्ने रेग्मीको भनाई थियो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ४ चैतमा सञ्चारकर्मीहरुसँग उनले भने, “न्याय परिषद्को होस् वा अदालतको कुनै काम कारबाही र क्रियाकलापमा मेरो कुनै संलग्नता हुँदैन ।”
अध्यक्ष रेग्मीले चुनावका बारेमा निर्वाचन आयोगमा अहिले रहेका कर्मचारीसँग छलफल भइरहेको तथा सम्पूर्ण कर्मचारी संयन्त्रसमेत निर्वाचनमा केन्द्रित रहेको उल्लेख गरे । मन्त्रिपरिषद्को विस्तारसँगै आयोगका आयुक्तको छिटोभन्दा छिटो नियुक्ति गर्ने, त्यसपछि आयोगले निर्वाचनका लागि थप गृहकार्य गर्ने र छिटो निर्वाचन गर्ने प्रक्रियालाई प्रतिबद्धताका साथ लाने लक्ष्य रहेको उनले बताए ।
