समाचारसोमबार, चैत्र ५, २०६९
रेग्मीलाई अध्यक्षका रुपमा मात्रै परिचित हुन सर्वोच्चको आदेश
५ चैतमा न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष भइसकेको अवस्थामा उनलाई प्रधानन्यायाधीशको भूमिका निर्वाह नगर्न आदेश गरेको छ ।
“अन्तरिम मन्त्रिपरिषदको अध्यक्षका रुपमामात्रै परिचित हुन् फैसलामा आदेश गरिएको छ” सर्वोच्च अदालतका सहायक रजिष्ट्रार हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए ।
अधिवक्ताद्वय ओम प्रकाश अर्याल र चन्द्रकान्त ज्ञवालीद्वारा दायर रिटको सुनुवाई गर्दै सर्वोच्चले उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशमा अन्तरिम मन्त्रिपरिषदको अध्यक्षका रुपमामात्रै कार्य गर्न गराउन भनिएको छ ।
