समाचारसोमबार, चैत्र ५, २०६९

दाहाल र भट्टराईको खुट्टा भाँच्ने वैद्यको धम्की

हिमालखबर

५ चैतमा काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार राजनीतिक पक्षले गरेको सहमतिका आधारमा वर्तमान सरकारले गराउने निर्वाचन आफूहरुलाई मान्य नहुने बताएका छन् ।

अध्यक्ष वैद्यले अन्तरिम मन्त्रिपरिषदले चुनाव गराउनै नसक्ने र गराए पनि त्यसले मुलुकको समस्याको सम्बोधन नहुने भन्दै यदि जवर्जस्ती चुनाव गराउन खोजे आफूहरुले प्रतिरोध गर्ने चेतावनी दिए । उनले भने, “पहिले प्रचण्ड र बाबुरामको खुट्टा भाँचिन्छ, त्यसपछि चारै दलको भाँचिन्छ ।”

उनले चार दलीय सहमतिको विरोधमा सम्पूर्ण देशभक्त क्रान्तिकारीहरुको मोर्चा बनाएर प्रतिरोधमा उत्रने पनि बताए । उनले भने, “यथास्थितिमा चुनाव सम्भव छैन, कसैले गराउनै खोज्छ भने हामीले फेरि बन्दुक उठाउनु पर्ने अवस्था आउन सक्छ ।”

५ चैत २०५५ मा काभ्रेको अनेकोटमा सुरक्षा निकायद्वारा माओवादीका ७ जना कार्यकर्ताहरु मारिएको घटनाको स्मरणमा आयोजित ‘१४ औं सांस्कृतिक प्रतिरोध दिवस’ मनाउन वैद्य पक्षीय माओवादी र दाहाल पक्षीय माओवादीले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका थिए ।

दुवै पक्षले ८०० मिटरको दुरीमा आयोजना गरेको कार्यक्रममा तनाव बढेपछि जिल्लाका सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरु सहितको टोली सुरक्षाका लागि खटिएको थियो ।

नगेन्द्र अधिकारी,काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>