थप समाचारसोमबार, चैत्र ५, २०६९

एकै घरका सुत्केरी आमा सहित तीनको मृत्यु एक बेपत्ता

हिमालखबर

बुहारी र नाती मृत भेटिएको खबर सुनेको केहि समयपछि ५ चैतमा बुद्धरानी लिम्बुको पनि ज्यान गएको हो ।

स्थानीय मंगलसिहं सावांले दिएको जानकारी अनुसार एउटै घरका ३ जनाको मृत्यु भएको छ भने १४ दिनका शिशु बेपत्ता छन् । सांवा गाविसको दलैंचाका ३८ बर्षीया कमला लिम्बु र कमलाका ५ बर्षीय छोरा स्थानीय मेवा खोलामा मृत अवस्थामा फेला परेका थिए । कमलाका १४ दिनका छोराको अत्तोपत्तो छैन ।

स्थानीयका अनुुसार कमलाले आफ्ना ५ बर्षे र १४ सन्तालाई लिएर कमला घरबाट निक्लेकी थिइन् । कमलाले आफ्ना सन्तानका साथ आत्महत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले घटनाबारे अनुसन्धान जारी रहेको भन्दै शवको पोष्टमार्टमपछि मात्रै बिस्तृत जानकारी आउने बताए ।

घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ ।

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>