समाचारसोमबार, चैत्र ५, २०६९

८ नयाँ मन्त्रीहरुले सपथ लिएपछि सरकारले पुर्णता पायो (कार्य विभाजनसहित)

हिमालखबर

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चार दलहरुको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

५ चैत राति नयाँ ८ जना मन्त्रीहरुलाई अध्यक्ष रेग्मीले  शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा सपथ ग्रहण गराए । यो सँगै मन्त्री परिषद ११ सदस्यीय भएको छ । चार राजनीतिक शक्तिहरुको सहमतिमा पनि मन्त्रिपरिषद ११ सदस्यीय बनाउने सहमति भएको थियो ।

दलीय सहमति अनुसार नियुक्त भएका चुनावी सरकारका मन्त्रीहरु सबै पूर्व प्रशासक रहेका छन् । सपथ लिने नयाँ मन्त्रीहरुमा शंकर कोईराला, विद्याधर मल्लिक,  उमाकान्त झा,  टेक बहादुर घर्ती,  ऋद्धिबाबा प्रधान, रामकुमार श्रेष्ठ,  माधव पौडेल र छविलाल पन्त छन् ।

यसअघिको तीन सदस्यीय मन्त्रिपरिषदमा रेग्मीसँगै गृह र परराष्ट्रमन्त्रीमा माधवप्रसाद घिमिरे तथा कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रीमा हरि न्यौपानेले सपथ लिएका थिए ।

मन्त्रालयको जिम्मेवारी
अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति: शंकर कोइराला

भौतिक पूर्वाधार तथा यातायात र सहकारी तथा गरिवी निवारण:  छविलाल पन्त

शिक्षा सूचना तथा सञ्चार र सामान्य प्रशासन: माधव पौडेल

संघीय मामिला तथा स्थानीय विकास तथा स्वास्थ्य तथा जनसंख्या : विद्याधर मल्लिक

कृषि विकास र वन तथा भू संरक्षण: टेकबहादुर घर्ती थापा

युवा तथा खेलकुद, शान्ति तथा पुननिर्माण र पर्यटन तथा नागरिक उड्डयन : रामकुमार श्रेष्ठ

ऊर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइ : उमाकान्त झा

महिला बालबालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था : ऋद्धिबाबा प्रधान

नवनियुक्त मन्त्रीहरु मध्ये श्रेष्ठ र प्रधान एमाओवादीको सिफारिसमा, कोइराला र पन्त नेपाली कांग्रेसको सिफारिसमा, पौडेल र थापा एमालेको सिफारिसमा तथा मल्लिक र झा मधेशी मोर्चाको सिफारिसमा मन्त्री नियुक्त भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>