समाचारमंगलबार, चैत्र ६, २०६९
एमाओवादी-मोर्चा गठबन्धन चुनावी तयारीमा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा ६ चैतमा बसेको गठबन्धनको सचिवालय बैठकले संयुक्त रणनीति बनाएर चुनावमा जाने तयारी थालेको छ ।
संयुक्त चुनावी रणनीति बनाउन छलफल थालेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।
उनका अनुसार चुनावी घोषणापत्र, पोष्टर पम्प्लेट, चुनावी सभा, परिचालन लगायतमा संयुक्त कार्यक्रम गरेर अघि बढ्ने गठबन्धनको तयारी छ ।
सचिवालयले चुनावमा केन्द्रित कार्यदिशा बनाइरहेको उन्को भनाई छ । यसअघि गठबन्धनको बैठकले चुनावमा मिलेर जाने निष्कर्ष निकालेको थियो ।
