अर्थ/बजारमंगलबार, चैत्र ६, २०६९

पुरक बजेटको तयारी गरिंदै

हिमालखबर

६ चैतमा अर्थ मन्त्रालयमा पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक वृद्धिदर बढाउने आफ्नो मूल उद्देश्य हुने जानकारी दिए । पुरक बजेटको तयारीमा मन्त्रालय लागिसकेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षो बजेट बनाउने गृहकार्य पनि प्रारम्भ भइसकेको बताए ।

निजी क्षेत्रको सहकार्यमा लगानीमैत्री वातावरण बनाउने र त्यसमा सम्बद्ध सबै पक्षबाट सक्रिय सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको कोइरालाले बताए ।

पदबहालीका लागि मन्त्रालय पुग्नुभएका मन्त्री कोइरालालाई अर्थसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरू, मन्त्रालय मातहतका विभागीय प्रमुखहरू र अरु कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...