समाचारमंगलबार, चैत्र ६, २०६९
कार्कीलाई अख्तियारमा नियुक्त नगर्न माग
एमाले अनुशासन आयोगद्वारा ६ चैतमा प्रकाशित विज्ञप्तिमा मुलुकमा व्याप्त भ्रष्टाचार तथा अनियमियततालाई रोक्न प्रभावकारी भूमिका खेल्नुपर्ने अख्तियारमा विगतमा उच्चस्तरीय जाँचबुझ आयोग र अख्तियार स्वयम्ले समेत दोषी, अयोग्य ठहर्याएको व्यक्तिलाई बिनाविश्लेषण नियुक्ति गर्न प्रमुख दलका नेताहरूले सिफारिस गर्नु ज्यादै गैरजिम्मेवार भएको उल्लेख छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोगको प्रमुखका लागि गरिएको सिफारिस अविलम्ब फिर्ता लिन माग गर्दै पार्टी अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गराइएको छ ।
