समाचारबुधबार, चैत्र ७, २०६९

संवैधानिक परिषदमा मनोनयन

हिमालखबर

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले ६ चैत साँझ संवैधानिक परिषदको सदस्यमा गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र महिला बालबालिका तथा समाज कल्याण मन्त्री ऋद्धिबाबा प्रधानलाई मनोनयन गरेका छन् । यो मनोनयनसँगै संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारीहरुको पदपूर्तिका लागि बाटो खुलेको छ ।

रेग्मी आफैं अध्यक्ष रहने संवैधानिक परिषदमा कार्यबाहक प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा समेत पाँच जना छन् । परिषदको सचिवमा मुख्यसचिव रहने संवैधानिक व्यवस्था छ ।

परिषदकोे सिफरिसका आधारमा राष्ट्रपतिले संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने संवैधानिक अवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>