समाचारबुधबार, चैत्र ७, २०६९

सरकार वाध्यताको उपजः सञ्चारमन्त्री

हिमालखबर

७ चैतमा रिपोर्टस क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री माधव पौडेलले वर्तमन सरकारलाई निर्दलीय सरकार भनेर आलोचना गर्दा आफूहरुलाई दुख लाग्ने गरेको भन्दै अहिलेको सरकार दलीय सहमति र बाध्यताको उपज भएको बताएका छन् ।

सञ्चारमन्त्री पौडेलले आफूहरु छिटोभन्दा छिटो निर्वाचन गराएर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको प्रष्ट्याउँदै सरकारले आफ्नो आयु लम्ब्याउन कुनै प्रयत्न नगर्नेमा जोड दिए । उनले वर्तमान सरकारलाई निकासको बाटोका रुपमा बुझ्न पनि आग्रह गरे ।

उनले भने, “संवैधानिक परिषद गठन भइसकेकोले अब यो साताभित्रै निर्वाचन आयोगलाई पूर्णता दिई निर्वाचनको मिति घोषणा गर्ने तयारीमा र्छौं ।”

उच्चस्तरीय राजनीतिक समिति र सरकारबीच बुनै मतभेद नरहेको दाबी गर्दै सञ्चारमन्त्री पौडेलले दलहरुको सहमति र सुझावकै आधारमा अघि बढ्ने समेत बताए ।

अहिलेको सरकार निर्वाचनका लागि गठन भएकोले यो सरकारबाट धेरै अपेक्षा नगर्न भन्दै उनले ठूला र दिर्घकालिन महत्वका कुनै पनि निर्णय वर्तमान सरकारले नगर्ने प्रष्ट पारे ।

उनले बाहिर चर्चा भए जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीको नाम सिफरिस नभएको समेत जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>