समाचारबुधबार, चैत्र ७, २०६९

विदेशी दबाबमा रेग्मी सरकार गठन भयो: आचार्य

हिमालखबर

राष्ट्रिय मुद्दामा दलहरु एकैठाउँमा उभिन नसक्दा बाह्य शक्तिले चलखेल गर्ने अवसर पाएको भन्दै एमाले नेता भीम आचार्यले वर्तमान सरकार गठनमा बाह्य शक्तिको दबाब रहेको बताएका छन् ।

धरानमा ७ चैतमा एमाले निकट मजदुर संगठनले आयोजना गरेको कार्यक्रममा नेता आचार्यले भने, “रेग्मीलाई सरकारमा ल्याउन हाम्रो छिमेकी मुलुकको समेत दबाब भयो, सबैतिरबाट थ्रेट सृजना गरेर प्रधानन्यायाधीशलाई स्वीकार्न बाध्य बनाइयो ।”

उनले ठूला दलहरु शक्तिशाली भए वैदेशिक हस्तक्षेप हुन नसक्ने भन्दै राष्ट्रिय मुद्दाहरुमा ठूला दलहरु एक हुनुपर्नेमा जोड दिए ।

यद्यपी आचार्यले ८ महिनासम्मको प्रयासमा पनि दलहरुबीच सहमति हुन नसक्दा बाध्य भएर प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा चुनावी सरकारमा जानु परेको भन्दै सरकारका गतिविधिहरु दलहरुकै नियन्त्रणमा रहने दाबी पनि गरे ।

उनले संविधान सभाको निर्वाचन असार पहिलो सातामै हुने भनिए पनि आफू भने ५० प्रतिशतमात्रै आशावादी भएको बताएका थिए ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>