थप समाचारबुधबार, चैत्र ७, २०६९
गैंडाको खाग सहित चार जना पक्राउ
विशेष सुराकीको आधारमा चितवन प्रहरी र नेपालको केन्द्रीय अनुसन्धान ब्युरो सिआईवीको संयुक्त टोलीले ७ चैतमा गैंडाको खाक सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर ११ बसेनीका ३६ वर्षे भिम बहादुर बिक, भरतपुर २ आपटारीका ४३ वर्षे कृष्ण गहतराज, गोरखा बारपाक ९ का ४९ वर्षीय धनबहादुर गुरुङ भरतपुर २ क्षेत्रपुरका ४९ वर्षीय आश बहादुर सुनार रहेका छन् ।
उनीहरुका साथबाट प्रहरीले १० इञ्च लम्बाई भएको १ किलो ११५ ग्रामको खाग, ना ११ प ३८८२ र लु ४ प ३२१९ नम्बरको दुइवटा मोटरसाइकल र ६ थान मोबाईल सेट बरामद गरेको छ ।
सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा माटरसाईकलमा आएका तस्करहरुबाट कपडाले बेरेर राखेको खाग बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपककुमार थापाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि चितवन राष्ट्रिय निकुञ्जमा बुझाईएको छ ।
उनीहरुलाई पाँचदेखी १५ वर्षसम्म कैद र ५० हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको प्रहरी प्रमुख थापाले बताए ।
सविता श्रेष्ठ, चितवन
