समाचारबुधबार, चैत्र ७, २०६९
‘इञ्जिनियरिङ परिषद्का रजिस्टारले घुस खाए’
कलेजसम्बद्ध अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी सङ्गठनले ७ चैतमा काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी परिषद्को अस्थायी प्रमाणपत्र दिनका लागि रजिस्टार झाले जनकपुर कलेजका १४ विद्यार्थीबाट रु दुई लाख घुस लिएको भन्दै पेसागत मर्यादा कायम राख्न र घुसखोरी, नातावाद र कृपावादलाई सदाका लागि अन्त्य गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
पत्रकार सम्मेलनमा रजिस्टार झाको घुस प्रकरणको अडियोसमेत प्रस्तुत गरिएको थियो । अनेरास्ववियुका सरोज यादवका अनुसार त्रिविबाट सम्बन्धनप्राप्त जानकपुर इन्जिनियरिङ कलेजबाट बिई पास गरेका १४ विद्यार्थीले अस्थायी प्रमाणपत्र दिनका लागि परिषद्मा निवेदन दिए पनि १० दिनसम्म कुनै सुनुवाइ नभएको र सबै विद्यार्थीबाट रु दुई लाख जम्मा गरेर बुझाएपछि मात्र प्रमाणपत्र दिइएको थियो ।
परिषद्बाट स्थायी प्रमाणपत्र तीन महिना र अस्थायी प्रमाणपत्र २४ घन्टाभित्र प्राप्त गर्न हरेक विद्यार्थीले रु एक हजार तिर्नुपर्ने व्यवस्था छ ।

