समाचारबिहीबार, चैत्र ८, २०६९
एमाले नेता झाले पार्टी छोडे
८ चैत बिहान एमाले केन्द्रीय कार्यालय बल्खुमा फ्याक्समार्फत राजीनामा पत्र पठाएर आफू पार्टीमा नरहेको जानकारी गराएको रामचन्द्र झाले बताएका छन् ।
एमालेबाट राजीनामा गरेका झाले हिमालखबरसँग कुरा गर्दै भने, “मैले पार्टीबाट राजीनामा गरेका साँचो हो, तर अहिले नै अरु कुनै पार्टीमा प्रवेश गर्ने भन्ने निश्चित छैन ।” आफ्नो जीवनको लामो समय कम्युनिष्ट आन्दोलनमा विताएकोले अब बाँकी समय पनि आफूले उठाएका मुद्दालाई सम्बोधन गर्ने कम्युनिष्ट पार्टीमा संलग्न हुने उनले बताए ।
नेता झाले आफूले लामो समयदेखि उठाएका माग पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण पार्टी छाडेको बताएका छन् ।
