थप समाचारबिहीबार, चैत्र ८, २०६९
म्यानमारमा जातीय दङ्गामा दशको मृत्यु
म्यानमारमा ७ चैतमा भडकिएको हिंसामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको म्यानमारका अधिकारीहरुले जनाएका छन् ।
म्यानमारको पश्चिमी राखिनी प्रान्तमा भएको हिंसामा दर्जनौँ नागरिक घाइते भएका छन् । सो क्षेत्रमा मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच हिंसा भड्किएको हो । उक्त प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौँ नागरिकको ज्यान जाने गरेको छ ।
म्यानमारको प्रमुख प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसीका एकजना नेता विन एचटिनले राखिनमा त्यस्तो हिंसा जारी रहेको जनाएका छन् ।
उनले सोही प्रान्तको एक शहर मिकटिलाबाट टेलिफोनगरी दिएको जानकारी अनुसार १० वटा शव देखेका थिए । साथै सोही क्षेत्रका स्थानीय बासिन्दाहरुले पनि आफुहरुले हिंसा मच्चिएको र त्यसमा परी नागरिक मारिएका देखेको जनाएका छन् ।
म्यानमारमा विगतदेखि नै अल्पसङ्ख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा बिगतमा पनि हुने गरेको छ ।
गत वर्षमात्र भएको यस्तो हिंसामा परी कम्तीमा पनि ८० जना नागरिकको ज्यान गएको थियो । उनीहरुले एक आपसमा हमला गर्ने र विरोध प्रदर्शन गर्ने गर्दछन् ।
एएफपी
