समाचारशुक्रबार, चैत्र ९, २०६९

विद्यार्थीका मागप्रति रेग्मी सकारात्मक

हिमालखबर

स्ववियु निर्वाचनको मिति घोषणा, अख्तियारमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्न नहुने, यातायात भाडा बृद्धि फिर्ता लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग ९ चैतमा भएको भेटवार्तामा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले  आफू विद्यार्थीका मागहरुप्रति सकारात्मक रहेको बताएका हुन् ।

आफ्ना मागप्रति अध्यक्ष रेग्मी सकारात्मक देखिएको नेविसंघका युपी लामिछेनेले बताए । निर्वाचनको विधि र प्रक्रियामा विद्यार्थी संगठनहरु सहमतिमा पुगे स्ववियु चुनाव गराउन सकिने अध्यक्षले बताएका छन् । यसका लागि शिक्षामन्त्रीलाई तत्कालै निर्देशन दिने रेग्मीले बताएको लामिछानेले बताए ।

त्यस्तै अन्य मागहरु प्रति संवन्धित निकाय र मन्त्रीहरुसँग छलफलपछि निर्णयमा पुग्ने रेग्मीले बताएका छन् ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीले विद्यार्थी प्रतिनिधिहरुसँग सरकार चुनाव केन्द्रित भएकाले विद्यार्थी संगठनहरुलाई पनि निर्वाचनको वातवारण तयार पार्न आग्रह गरेको लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>