समाचारशुक्रबार, चैत्र ९, २०६९

कार्कीलाई अख्तियार प्रमुख नबनाउन सर्वोच्चको आदेश

हिमालखबर

अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा दायर गरेको रिटको सुनवाई गर्दै न्यायाधीश सुशीला कार्कीको एकल ईजलासले आगामी चैत २५ गते सम्मका लागि नियुक्तिको प्रक्रिया रोक्न आदेश जारी गरेको छ ।

सर्वोच्चले २५ चैतमा बिपक्षीलाई छलफलका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिएको सहायक रजिष्टार हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए ।

प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्न अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई प्रस्ताव गरेपछि अधिवक्ता अर्यालले अख्तियारले नै अयोग्य ठहर्‍याएका कार्कीको नियुक्ति संविधान बिपरित रहेकोले नियुक्ति रोक्न माग गर्दै ७ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमाओवादीका तर्फबाट लोकमान सि‌ह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्न समितिमा प्रस्ताव गरिएको थियो ।

जनआन्दोलन दबाउन पदीय आचारणविपरीत राष्ट्रिय ढुकुटी, सत्ता, शक्ति र पदको दुरूपयोग तथा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै रायमाझी  आयोगले कार्कीलाई सरकारी सेवाबाट हटाउन सुझाव दिनुका साथै भविष्यमा कुनैपनि सरकारी सेवाका लागि अयोग्य भनी घोषणा गरेको थियो ।

यस्तै २०५१ सालको सुन तस्करी काण्डमा कार्कीलाई दोषी ठहर गरी अख्तियारले दायर गरेको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावलोकनको क्रममा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>