थप समाचारशुक्रबार, चैत्र ९, २०६९

पक्राउ परेका भारतीय सेना फर्काइयो

हिमालखबर

पशुपतिनगर, इलाम

नेपाल भारत सिमामा पर्ने मानेभञ्ज्याङ हुँदै हतियारसहित पशुपतिनगर आइपुगेका भारतीय सेनाका लेफ्टिनेन्ट सालिम जफारको नेतृत्वमा रहेको ६ जनाको टोलीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले ९ चैत विहान ११ बजे पक्राउ गरेको थियो ।

उनीहरु पक्राउ गरेको एकघण्टा बित्न नपाउदै नेपाल प्रहरीले सिमानामा रहेको एसएसबी क्याम्पका निरीक्षक जि.एन.देवलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरु वाटो विर्षिएर नेपाल प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएकाले भारतीय सेनालाई एसएसबीको जिम्मा लगाइएको इलामका प्रहरी नायव उपरीक्षक भीम दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>