थप समाचारशनिबार, चैत्र १०, २०६९

सोशल मिडियामा कुरो नमिले भेटेरै फाइट

हिमालखबर

यस्तो लडाई आम मानिसमा मात्रै सीमित छैन, चीनका बुद्धिजीवी, ठूला ब्यवसायी र फिल्म स्टार समेत यस्ता लडाइमा सामेल हुन्छन् ।
मानवीय सरोकारका विषयहरुमा इन्टरनेटमा बहस गर्दागर्दै त्यो बहस तिव्ररुपमा झगडासम्म पुग्छ, जसमा लडार्इंका लागि समय र स्थान पहिले नै निर्धारण गरिन्छ ।

सन् २०१२ मा यस्तै एउटा घटनाले मिडियामा निकै चर्चा पायो । एक टेलिभिजन पत्रकार झू यानले कानूनका प्रोफेसस वु डनहांगलाई लात्ति र मुक्काले भकुरे । बेइजिंगको चाओयांग पार्कमा भएको यो लडाईका लागि समय र स्थान सोशल मिडियामार्फत पहिले नै तय गरिएको थियो ।
कैयन चर्चित हस्तीहरुले विबो अकाउण्टमा यस्ता झगडाका योजना बनाइरहेका भेटिन्छन् । विबो चीनमा लोकप्रिय सोशल माइक्रो–बल्गिंग साइट हो ।

इन्टरनेटमा प्रसारण
खेतका विषयमा भएको एउटा बहसपछि चार मार्चमा केन्द्रीय हान राज्यका राजनीतिक सल्लाहकारले स्थानीय नेतालाई लडाईका लागि खुला चुनौती दिए । जाओ के लियोले सोशल साइट विबोमा नेशनल पिपुल्स कांग्रेसका प्रतिनिधि झु जिया यानलाई सम्बोधन गर्दै लेखे, “देख्लास तेरो मुख भत्काइन भनें ।”

यस्तै एउटा बहसमा टिभी पत्रकार जोउ यान र वी डेनहांगबीचसरकारले प्रदुषण फैलाउने प्रोजेक्ट लगाउन नहुने विषयमा विबोमा विवाद भयो । सोशल साइटमा तिखो बहसपछि ६ जुलाई २०१२ मा लडाईको मिति तोकियो । जोउ यान आफ्ना केही मान्छेहरु लगेर पार्कमा गए । वी डेनहांगले पिटाई खाएर हार स्वीकार्नु पर्‍यो । यो झगडाको भिडियो खिचेर इन्टरनेटमा पनि राखियो ।

यो पार्क लडाइ गर्नेहरुको उपयुक्त थलो बनेको छ ।

यस्तो पहिलो घटना २०११ मा प्रकाशमा आयो जब चीनको सबैभन्दा प्रसिद्ध माइक्रो–ब्लगिंग साइट साइना विबोमा एकजना मिडिया स्तम्भकार ‘इन्टरनेटको स्वतन्त्रता’ विषयमा आयोजित एक बहसमा एक जना वकिलसँग चर्को विवाद गर्न पुगे र, त्यसपछि लडाईको स्थान तय गरियो ।
यसबेला भने निश्चित गरिएको स्थानमा प्रहरी पहिले नै पुग्यो र लडाई हुन पाएन ।

लडाईका लागि पार्क
यद्यपी धेरै मानिसहरु झगडा नगरेरै बहसलाई टुंगाउनु ठिक हुने बताउँछन् । र सँधै झगडा हुन्छ नै भन्ने पनि छैन । एक पटक एउटा आर्ट क्युरेटरले अर्कोलाई चुनौती दियो तर दोस्रो भने पूर्व निर्धारितमा स्थानमा आएन र लडाई भएन ।

यस्ता झगडाका लागि बेइजिंगको चाओयांग पार्क सबैभन्दा बढी प्रसिद्ध छ । सजिलै जान सकिने प्रशस्त खुला ठाउँ भएको जहाँ लड्न पनि सकियोस र भाग्न पनि सकियोस । सबैभन्दा रमाइलो त यहाँ निशुल्क वाइफाइ पनि छ । नजिकै अभिजात वर्गीय वस्ती पनि छ, जस्ले गर्दा त्यहाँ लड्नेहरुको चर्चाको सम्भावना पनि धेरै छ ।

चीनका एक युवा बताउँछन, “यस्तो झगडाको चलन भनेको तर्कमाथि हिंसा हावी हुनु हो र यसले सामाजिक जीवनका बुद्धिजीवीहरुको स्तर खस्केको देखाउँछ ।”

बीबीसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>