समाचारशनिबार, चैत्र १०, २०६९
राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षबीच भेट
राष्ट्रपति यादवलाई भेट्न अध्यक्ष रेग्मी बिहान १० बजेतिर शीतल निवास पुगेका थिए । भेटमा विवादमा परेको निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
संवैधानिक परिषद्ले निर्वाचन आयोगमा आयोगकै तीन जना पूर्व सदस्यसहित ५ जनाको नाम राष्ट्रपति समक्ष पठाएपछि राष्ट्रपतिले उक्त सिफारिस संविधान विपरित हुने नहुने स्पष्ट पार्न परिषदलाई पत्र पठाएका थिए । त्यसबारेमा आजै संवैधानिक परिषदले प्रक्रिया कानून सम्मत नै भएको भन्दै राष्ट्रपतिलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक ब्यवस्था छ ।
