थप समाचारशनिबार, चैत्र १०, २०६९

स्वास्थ्यकर्मी नहुँदा बिरामीलाइ सास्ती

हिमालखबर

वीरगञ्जमा नेपाल भारत सीमास्थित गेट

पर्साको ग्रामीण क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारको स्वासथ्यकर्मी नभएका कारण स्थानीय बिरामीहरु उपचारका लागि सदरमुकाम वीरगन्ज र सीमावर्ती भारतीय बजारका अस्पतालमा जान बाध्य भएका छन् ।

पोखरीया अस्पतालका साथै प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर, लंगडी हेल्थ पोष्ट, ईलाका हेल्थ पोष्ट सेढवा लगायतका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् । भएका स्वास्थ्यकर्मी पनि तालिम र व्यक्तिगत कामका लागि भन्दै बिदा लिएर बस्ने गरेका कारण बिरामीहरुलाई थप सास्ती भएको छ ।

पोखरीया अस्पतालमा तीन जना स्टार्फ नर्स र ६ जना अनमीको दरवन्दी भए पनि अहिले एक जना पनि महिला स्वास्थ्यकर्मी छैनन् । दक्ष जनशक्तिको अभावमा प्रसुतीका लागि आउने महिलालाई सदरमुकाम वीरगञ्जका अस्पतालमा पठाउनु परेको पोखरीया अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मैनुद्दिन अन्सरीले बताए ।

त्यस्तै भीखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि एक जना स्टार्फ नर्स र तीन जना अनमीको दरबन्दी भएपनि अहिले त्यहाँ एक जना पनि महिला स्वस्थयकर्मी नरहेको स्थानीयवासीले बताएका छन् ।

लंगडी हेल्थ पोष्टमा अहेव नहुदा स्थानीय बिरामीलाई उपचारमा समस्या भएको छ । दुईजना अहेवको दरवन्दी रहेपनि दुबै जना सरुवा भएर अन्यन्त्र गएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको अन्यत्र सरुवा गरे पनि रिक्त रहेको ठाउमा अर्को जनशक्ति नपठाएकाले बिरामीलाई सेवा प्रवाह गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण कुमार महतोले बताए ।
अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>