थप समाचारशनिबार, चैत्र १०, २०६९
अफ्रिकी कथा–पुरुष अचेबेको निधन
अचेबे अफ्रिकाका महान कथा–पुरुषका रुपमा चिनिन्थे । सन् १९५८ मा उनको पहिलो उपन्यास ‘थिंग्स फल अपार्ट’ निकै लोकप्रिय भएको थियो जसको अहिलेसम्म एक करोड भन्दा धेरै प्रति बिकीसकेको छ ।
यो उपन्यासमा अचेबेले अफ्रिकामा साम्राज्यवादको प्रभावको मुद्दा उठाएका थिए । यो उपन्यासको ५० भन्दा धेरै भाषामा अनुवाद भैसकेको छ ।
साहित्कार एवम् शिक्षविद अचेबेले २० भन्दा बढी कृतिको रचना गरेका छन् ।
अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले सन् २०१२ मा विश्वका एक सय चिन्तकहरुको सूचीमा अचेबेलाई ६८ औं स्थानमा राखेको थियो । अचेबेले २००७ को ‘म्यान बुकर’ पुरस्कार प्राप्त गरेका थिए ।

