समाचारशनिबार, चैत्र १०, २०६९

सत्ताकब्जाको खतरा टर्‍योः ओली

हिमालखबर

नेकपा एमाले धवलागिरि अञ्चल सम्पर्क कमिटीद्वारा १० चैतमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता केपी ओलीले खिलराज रेग्मीको नेतृत्वमा नयाँ सरकार बनेपछि सत्ताकब्जाको सम्भावना अन्त्य भएको दाबी गरेका छन् ।

“अबको स्थितिमा आन्तरिकरुपमा विभाजित र जनस्तरका खुइलिसकेको एमाओवादीले सत्ताकब्जाको ल्याकत राख्न सक्दैन भन्नेमा हामी ढुक्क छौं,” नेता ओलीले भने । उनले अब एमालेको ध्यान निर्वाचनतिर केन्द्रित भएकाले निर्वाचनबाट सर्वसत्तावादीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

अझै पनि कतिपय तत्वहरुले निर्वाचन हुन नदिने र मुलुकलाई विखण्डन र अराजकतामा लैजाने षड्यन्त्र गरिरहेकाले त्यसको विरोधमा सङ्गठित हुन पनि ओलीले कार्यकर्तालाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>