समाचारआइतबार, चैत्र ११, २०६९

निर्वाचन आयोगमा पदाधिकारीहरु नियुक्त

हिमालखबर

संवैधानिक परिषद्को सिफारिस अनुसार राष्ट्रपतिले ११ चैतमा प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव,  इला शर्मा र रामभक्त पीभी ठाकुरलाई नियुक्त गरेका छन् ।

नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरुले आजै अपराह्न साढे ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । उप्रेती, गुरुङ र यादव निर्वाचन आयोगका पूर्व आयुक्तहरु हुन् ।

तत्कालिन प्रमुख आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेतीले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेबारी सम्हालेका थिए भने उप्रेतीको अवकासपछि गुरुङले कायममुकायम प्रमुख आयुक्तको जिम्मेवारी पाएका थिए । गत पुसमा गुरुङ र यादवले पनि अवकास पाएपछि आयोग पदाधिकारीविहीन हुन पुगेको थियो ।

सरकारले अब आयोगसँग परामर्श गरेर केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

—————————————————————————

निर्वाचन आयोगमा आजै नियुक्ति
Mar 24, 2013 @ 9:48

राष्ट्रपति डाक्टर रामवरण यादवले ११ चैतमा निर्वाचन आयोगका पदाधिकारी नियुक्तिको तयारी गरेका छन् ।

संबैधानिक परिषद्ले १० चैत साँझ राष्ट्रपति कार्यालयमा पत्र पठाएर नियुक्तिका लागि आफूले गरेको सिफारिस संविधानसम्मत भएको भन्दै त्यही अनुसार आयुक्तहरु नियुक्त गर्न जवाफ पठाएको थियो । यसअघि राष्ट्रपति कार्यालयले सिफारिस संविधानसम्मत भए नभएको भन्दै स्पष्ट जवाफ दिन भनेको थियो ।

परिषदले प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, रामभक्त पिवी ठाकुर र इला शर्माको नाम सिफारिस गरेको छ ।

आजै सपथ गर्ने भनिए पनि समयका बारेमा आफूहरुलाई केही खबर नआएको प्रस्तावित प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>