समाचारआइतबार, चैत्र ११, २०६९
डा भगवान कोइराला निर्देशकमा फर्किए
कोइरालाले उठाएका माग पूरा गर्ने आश्वासन दिंदै राजीनामा अस्वीकृत भएपछि ११ चैतदेखि कोइराला पुनः काममा फर्किएका हुन् ।
डा कोइराला आज दिउँसो २ बजे कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । कोइराला कार्यालय पुगेलगत्तै त्यहाँका उच्च अधिकारीसँग छलफल गरेका थिए । आफूले राजीनामा दिनुको कारण तथा सरकारले जनाएको प्रतिबद्धताको बारेमा कोइरालाले चिकित्सक तथा कर्मचारीलाई जानकारी गराएका थिए ।
शिक्षण अस्पतालका विभिन्न समस्या समाधानमा सरकार, त्रिवि र अस्पतालकै एउटा समूहले असहयोग गरेकोभन्दै कोइरालाले २८ फागुनमा राजीनामा दिएका थिए ।
उनी फर्किए लगत्तै शिक्षण अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरु उत्साहित भएका छन् ।
