थप समाचारआइतबार, चैत्र ११, २०६९

टिबीको खतरा टरेको छैन- सन्दर्भ: विश्व क्षयरोग दिवस

हिमालखबर

स्वास्थ्य सम्बन्धी प्रसिद्ध जर्नल ल्यान्सेटमा प्रकाशित एक रिपोर्टका अनुसार क्षयरोग नियन्त्रणका लागि अब नयाँ योजना र दृष्टिकोणको खाँचो छ । विश्वमै सरकारहरुको बेवास्ताका कारण यो रोग उन्मुलन हुन नसकेको रिपोर्टमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ९० लाख मानिस क्षयरोगको बिरामी हुने गर्छन् भने १४ लाख व्यक्तिहरु क्षयरोगकै कारण मर्ने गरेका छन् ।

कतिपय देशहरुमा क्षयरोगका किटाणुहरुमा रोग प्रतिरोधी क्षमतामा भएको बृद्धिले गर्दा प्रचलित औषधीहरुले काम गर्न नसकेको पनि पाइएको छ । पहिले क्षयरोगका विरामीहरुलाई जुन एन्टिबायोटिक सिफारिस गरिन्थ्यो अब त्यस्ता एन्टिबायोटिकहरु बेअसर सावित हुँदै गएका छन् ।

हालैका वर्षहरुमा यो समस्या पूर्वी युरोप र मध्य एसियामा गंभीर बन्दै गएको पाइएको छ ।

रिपोर्टका लेखकहरु मध्येका एक प्रोफेसर अलीमुद्दिन जुमला भन्छन्, “यो समस्या लण्डन र युरोपको ठूलो समस्या हो साथै गरीब देशहरुका लागि त यो ठूलो संकट नै हो ।”
यद्दपी उनले यो रातारात उपचार हुने खालको रोग नभएको पनि बताउँछन् ।

यो रोगको रोकथामका लागि एन्टिबायोटिक बाहेक अरु धेरै औषधीहरु पहिले देखि नै बजारमा छन् तर, गरिब देशमा औषधीको उचित प्रयोग गर्नु पनि ठूलो चुनौतीको विषय भएको जुमलाको भनाई छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>