थप समाचारसोमबार, चैत्र १२, २०६९

उपसचिवमाथि गोली प्रहार

हिमालखबर

जिशिका महोत्तरीबाट अपराह्न १ बजेतिर घर बर्दिवास जाँदैगरेको अवस्थामा जलेश्वर–बर्दिवास सडक खण्डको जाउखमा शिक्षा कार्यालयका ‘घ’ श्रेणीका उपसचिव कार्कीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले जानकारी दिनुभयो । गोली प्रहार भए पनि कार्कीलाई नलागेको जनाइएको छ ।

मोटरसाइकलबाट घर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट मोटरसाइकलमै सवार दुई जनामा एक जनाले उनीमाथि गोली प्रहार गरेका थिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक खरेलले बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>