समाचारसोमबार, चैत्र १२, २०६९

छिटो निर्वाचन गर्न कुनै कसर बाँकी राखिन्नः उप्रेती

हिमालखबर

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ११ चैतमा शीतलनिवासमा सपथ ग्रहण गराउँदै कावा प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा । तस्बीर: रासस

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले ११ चैत अपराह्न सपथ ग्रहण गरेपछि आयोगको कार्यालय पुगेर पदबहाली गरेलगत्तै सरकारलाई चाँडो निर्वाचनको मिति तोक्ने प्रक्रियामा गएर सुझाव दिने बताएका छन् ।

“सबै प्रक्रिया, विधि, प्रविधि एवम् कानूनको व्यवस्था गर्दै स्वच्छ, निष्पक्ष र स्वीकार्य हुने दोस्रो संविधानसभाको निर्वाचन गर्न आयोग प्रतिबद्ध छ, लोकतान्त्रिक निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन” प्रमुख आयुक्त उप्रेतीले भने ।

उनले निर्वाचनको तयारीको मूल्याङ्कन नगरीकन कुन महिनाको कति गते निर्वाचन गर्न सकिन्छ भन्न सकिने अवस्था नभए पनि चाँडो निर्वाचनको मिति तोक्ने प्रक्रियामा जाने प्रतिबद्वता व्यक्त गरे । “हामीलाई गन्तव्य पनि थाहा छ, बाटो पनि थाहा छ तर चुनौती पर्याप्त मात्रामा छन्, ती चुनौतिसँग जुझ्दै र व्यवस्थापन गर्दै अघि बढ्छौंँ, देशमा दोस्रो संविधानसभा चुनाव सम्पन्न गर्न आयोग सक्षम हुनेछ,”– उनले भने ।

उनले निर्वाचनका लागि ठूलो कुरा मतदाता नामावाली पनि भएकाले सबभन्दा पहिला कानूनी आधार, प्राविधिक व्यवस्थापन र राजनीतिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए ।

केही राजनीतिक दलहरुले निर्वाचन हुन नदिने घोषण गरेका सन्दर्भमा त्यो राजनीतिक विषय भएकाले राजनीतिक दलले समस्याको समाधान गर्ने बताए ।

प्रमख आयुक्तलगायत निर्वाचन आयुक्तहरुले राष्ट्रपति भवन शीतलनिवासमा सपथग्रहण गरेलगत्तै आयोगको कार्यालय पुगेर पद बहाली गरी जिम्मेवारी सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>