समाचारसोमबार, चैत्र १२, २०६९

सबै मिलेर शान्ति स्थापना गरौं: रेग्मी

हिमालखबर

काभ्रेको पाँचखालस्थित विरेन्द्र अन्तर्राष्ट्रिय तालिम केन्द्रमा १२ चैतबाट शुरु भएको शान्ति प्रयास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणमा बोल्दै रेग्मीले विश्वमा शान्ति स्थापनाका क्रममा सेनाले देखाएको कौशलको प्रशंसा गर्दै शान्तिको बाटोमा आउन सबैलाई आग्रह समेत गरे ।

रक्षा मन्त्रालायको जिम्मेवारी सम्हालेका रेग्मीले विश्वमा शान्ति स्थानपनाका लागि एकआपसको सहयोग र सहकार्य आवश्यक रहेको आंैल्याए ।

दुई हप्ता सम्म चल्ने प्रशिक्षणमा नेपाल, रुवान्डा, फिलिपिन्स, भेतनाम, अस्ट्रेलिया, बंगलादेश, कम्बोडिया, क्याडा, जापान, काजकिस्तान, जोडन, गाना, भारत, इन्डोनेसिया, मलेसिया, पाराग्वेय, ताजकिस्तान, श्रीलंका, दक्षिण कोरिया, मङगोलिया, बंगलादेश, लण्डन र क्यानाड सहित २३ देशका सैनिक अधिकारी एवं जवानहरु सहभागी छन् ।

प्रशिक्षण अवधिभर विश्वमा भइरहेका शान्ति प्रयासमा सेनाको भूमिका र अबको रणनीतिका बारे पनि छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>