समाचारसोमबार, चैत्र १२, २०६९
भट्टराईले गरेका नियुक्ति खारेज हुनुपर्छः नेता नेपाल
वीरगञ्जमा १२ चैत विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संविधानसभाको आगामी निर्वाचनमा धांधली गर्ने नियतले भट्टराई सरकारले विभिन्न निकायहरुमा अनुचित तरिकारले नियुक्ति गरेको बताएका छन् । उनले त्यस्ता नियुक्तिहरु खारेज नगर्दासम्म निर्वाचन स्वच्छ नहुने पनि दाबी गरे ।
तत्कालीन सरकारले योग्यता नपुगेका आफन्तहरुलाई अनियमित रुपबाट विभिन्न पदमा नियुक्त गरेको भन्दै नेता नेपालले काम चलाउ सरकारले गरेका त्यस्ता निर्णयहरु तत्काल खारेज गर्न माग गरे ।
मुलुकलाई निकास दिनका लागि अब सबै दलहरु चुनावी अभियानमा संलग्न हुनु पर्ने पनि नेपालले बताएका थिए ।
अली असगर, वीरगन्ज
