समाचारसोमबार, चैत्र १२, २०६९
असारमा चुनाव हुनसक्छः प्रमुख आयुक्त
१२ चैतमा निर्वाचन आयोगका पदाधिकारीहरुबीचको छलफलपछि प्रमुख आयुक्त उप्रेतीले नेपालसँग यसअघि पटक पटक चुनाव गरेको अनुभव भएकोले असारमा चुनाव गर्न सकिने बताएका छन् । अरू देशको अनुभव हेर्दा पनि नेपालमा आउने असारमा चुनाव सम्भव रहेको उप्रेतीको भनाई छ ।
संविधानसभाको दोस्रो चुनावको तयारीका विषयमा छलफल गर्न १२ चैतमा निर्वाचन आयोगका पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकमा आयोगको आन्तरिक तयारी के कस्तो छ भन्ने विषयमा छलफल भएको र यसबारे स्पष्ट भएपछि कार्यतालिका बनाउने विषयमा छलफल अघि बढाउने पनि उप्रेतीले बताए ।
दलहरूसँग छलफल गरेर मात्र निर्वाचनको कार्यतालिका ल्याउने आयोगले जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि पहिलो पटक आज आयोगको बैठक बसेको हो ।
