थप समाचारसोमबार, चैत्र १२, २०६९

सात दिनदेखि रुकुममा इजालाश बहिष्कार

हिमालखबर

जिल्ला अदालत रुकुममा वैधानिक वकिल राख्ने विषयमा बार एशोसियसनले सिफारीस गरेको व्यक्तिलाई अदालतले नराखेको भन्दै वकिलहरुले इजलास बहिष्कार गर्दै आएका छन् । वकिलले अदालतमा हुने कार्यक्रमको बहिष्कार गरेपछि सेवाग्राही मारमा परेका छन ।

वैधानिक वकिलको लागि बार इकाइले अधिवक्ता गणेश हमाललाई सिफारिस गरेको थियो तर, अदालतले अधिवक्ता डा.नवराज गौतमलाई नियुक्त गरेपछि वकिलहरु आन्दोलनमा उत्रिएको नेपाल वार रुकुमका अध्यक्ष भूवनेश्वर शर्माले बताए ।

शर्माका अनुसार बारले निर्णय गरेको अधिवक्तालाई वैतनिक वकिलमा नियुक्ति नदिएको भन्दै इजालाश वहिष्कार गरिएको छ । नेपाल सरकारको अधिकृत तहको सेवा सुविधा प्राप्त हुने वैतनिक वकिल राख्ने विषयमा अदालत र बारबीच सम्वन्ध विग्रिएको वकिलहरुले बताएका छन ।

बैतनिक वकिल अदालतले विज्ञापन गरेर राख्ने भए पनि यस अघि बार एशोसियनको सिफारिसमा वकिल नियुक्त हुने प्रचलन थियो । अदालतको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बारले जनाएको छ ।

न्यून आर्थिक स्थिति भएकाहरुको तर्फबाट निःशुल्करुपमा कानुनी सेवा दिने उद्देश्यले अदालतले एक जना वैतनिक वकिल राख्ने गरिएको जिल्ला अदालत रुकुमले जनाएको छ ।
लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>