समाचारमंगलबार, चैत्र १३, २०६९
नेपाल माल्दिभ्ससँग ७६ रनले विजयी
कीर्तिपुर मैदानमा माल्दिभ्सले पाएको १७२ रनको लक्ष्य निर्धारित ओभरमा पूरा गर्न नसकेपछि नेपाल विजयी भएको हो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको माल्दिभ्सको बलिङ पक्ष कमजोर बन्न जाँदा नेपालले विपक्षीसामु विशाल स्कोर खडा गरेको थियो ।
नेपालका तर्फबाट ओपनिङ व्याट्सम्यान प्रदीप ऐरीले (५७) अर्धसतकीय पारी खेलेका थिए भने सुभाष खकुरेलले २६ रनको योगदान दिए ।
१७२ रन पछ्याउने क्रममा माल्दिभ्स ७ विकेट गुमाउँदै ९५ रनमा समेटियो । निर्धारित २० ओभर नै मैदानमा टिकेको माल्दिभ्सका तर्फबाट कुनै पनि खेलाडीले उत्कृष्ट पारी खेल्न सकेनन् ।
निसाम नासिर (२०) ले मात्र माल्दिभ्सका लागि सबैभन्दा ठूलो योगदान दिए ।
माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका क्याप्टेन पारस खड्काले दुई विकेट लिए भने शक्ति गौचन, मन्जित श्रेष्ठ, सन्जम रेग्मी र बसन्त रेग्मीले समान एक÷एक विकेट लिए । आजको खेल हेर्न कीर्तिपुर मैदानमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
१४ चैतमा नेपालले हङकङको सामना गर्नेछ ।
————————————————————————————–
नेपालद्वारा माल्दिभ्सलाई १७२ रनको लक्ष्य
ओपनिङ व्याट्सम्यान प्रदीप ऐरीले ५९ रनको योगफल तयार गरेपछि एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्ससामु १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङ गर्ने मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रनको विशाल योगफल तयार गरेको हो । २० ओभरको खेलमा नेपालले बनाएको यो सर्वाधिक दोस्रो ठूलो रन हो ।
शुरुवाती व्याट्सम्यान ऐरीले ६ ओभर क्रिजमा टिक्दै ८ चौका र ६ छक्का प्रहार गरेका थिए । उनलाई साथ दिएका अर्का व्याट्सम्यान सुवास खकुरेल २६ रन बनाएर आउट भए । उपकप्ता ज्ञानेन्द्र मल्ल २ रन बनाएर आउट भएको खेलमा कप्तान पासर खड्काले १० र र विनोद भण्डारीले १५ रनको योगदान दिएका थिए ।
नेपालका व्याट्सम्यान हावी भएको सो खेलमा माल्दिभ्सका तर्फबाट मोहम्मद सफी, अब्दुल्लाह सइद र अहमद फेजले २/२ विकेट लिए ।
