समाचारमंगलबार, चैत्र १३, २०६९
मलेसियामा नेपाली युवकको मृत्यु
बाराको देवापुरटेटा गाविसका २२ वर्षीय युवा रामप्रित हजाराको उनी काम गर्ने उद्योगको मेसिनमा च्यापिएर ज्यान गएको हो ।
पाँच महिनाअघि मलेसियास्थित कागाज फ्याक्ट्रीमा काम शुरु गरेका हजाराको १३ चैत साँझ निधन भएको उनका आफन्तले बताए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
यसैबीच मलेसियामै रोजगारका लागि गएका रौतहट महमदपुर–४ का लाल साह स्थानीय युवाहरुको आक्रमणमा परी गम्भीर घाईते भएका छन् ।
मलेसियाको जोहोर राज्यको पासिरगुडाडस्थित तामान चिन्ताना क्षेत्रको नेपाली बस्ने होस्टेलमा १२ चैत साँझ स्थानीय युवाहरुले आक्रमण गर्दा उनी घाइते भएका हुन् ।
घाइते साहको स्थानीय अस्पतालमा उपचार भईरहेको उनीसँगै काम गर्ने साथीहरुले बताएका छन् ।
अलीअसगर, वीरगञ्ज
