समाचारबुधबार, चैत्र १४, २०६९
आठ वर्षपछि थ्रिस्टार लिग च्याम्पियन
शहीद स्मारक ए डिभिजन सुपर लिग फुटबल अन्तर्गत १४ चैतमा दशरथ रंगशालामा भएको खेलमा लिगमा दोस्रो स्थानमा रहेको मनाङ् मर्स्याङ्दी पुलिससँग गोलरहित बराबरमा रोकिएपछि दुई खेल बाँकी छँदै थ्रिस्टार लिग च्याम्पियन बन्न सफल भएको छ ।
थ्रिस्टारले २० खेलबाट ४२ अंक बटुलेको छ भने दोस्रो स्थानमा रहेको मनाङ्को ३८ अंक छ । त्यसैगरी ३५ अंक सहित आर्मी तेस्रो स्थानमा छ ।
अब बाँकी दुई खेलमा थ्रिस्टारले हार ब्यहोरे पनि पछाडि रहेका कुनै पनि क्लबले भेट्न सक्ने छैनन् ।
८ वर्षपछि लिग च्याम्पियन बनेको थ्रीस्टारले ७५ लाख रुपैयाँ हात पारेको छ भने एएफसी प्रसिडेण्ट कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
