समाचारबुधबार, चैत्र १४, २०६९

भट्टराई सरकारले गरेका नियुक्ति खारेज गर्न माग

हिमालखबर

नेकपा एमालेको १४ चैतमा बसेको बैठकले विगतको सरकारले अनियमित तरिकाबाट गरेका सम्पूर्ण नियुक्तिहरु खारेज गरेर निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् ।

त्यसैगरी बैठकले निर्वाचनको तयारीका बारेमा छलफल गर्न २५ चैतमा पोलिटव्युरो र २ वैशाखमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले निर्वाचनको तयारीका लागि आवश्यक पर्ने सम्पूर्ण कामहरु गर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानाकारी दिए ।

त्यसैगरी निर्वाचन सम्बन्धी ऐन, नियम संसोधन, नामावली संकलन र फोटो खिचाउनेलगायतका कामका लागि सहज वातावरण बनाउन सम्पूर्ण राजनीतिक दलहरुलाई बैठकले आग्रह गरेको छ ।

झाको राजीनामा अस्वीकृत

एमाले स्थायी कमिटीले नेता रामचन्द्र झाले पार्टीबाट गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
नेता झाले आफूले लामो समयदेखि उठाएका माग पार्टी नेतृत्वले सम्बोधन नगरेको भन्दै ८ चैत मा पार्टीबाट राजीनामा गरेका थिए ।

बैठक भोली पनि बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>