समाचारबुधबार, चैत्र १४, २०६९

परिस्थिति अनुसारको जिम्मेवारी सम्हालेको हुँ: रेग्मी

हिमालखबर

१४ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विभिन्न चुनौति र आलोचना हुँदहुँदै पनि परिस्थितिजन्य कारणले सरकारको नेतृत्व स्वीकारेको दाबी गरेका छन् ।

पूर्वराष्ट्रसेवक सङ्गठन राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले भने, “विविध चुनौती, केही हदसम्मको आलोचना र परिस्थितिअनुरुपको जिम्मेवारीका लागि भएको राजनीतिक सहमतिमा आधारित अनुरोधका कारण नै मैले यो ऐतिहासिक जिम्मेवारी सम्हाल्न परेको हो ”

उनले संविधानसभाको आगामी निर्वाचनलाई परिणाममुखी बनाउन सबैको साझा प्रयास आवश्यक रहने बताएका छन् । “अहिलेको अवस्थामा संविधानसभा निर्वाचन गर्ने कार्यलाई सफल बनाउन हामी पूर्णरुपमा इमान्दारीका साथ लागेका छौँ ” अध्यक्ष रेग्मीले भने ।

रेग्मीले मुलुकको आर्थिक उन्नतिका लागि राजनीतिक स्थायित्व हुनुपर्ने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>