समाचारबिहीबार, चैत्र १५, २०६९

भारतीय राजदूतद्वारा सहयोग प्रस्ताव

हिमालखबर

१५ चैतमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेका नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सिंहले नयाँ निर्वाचन गर्नका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको भन्दै सहयोगको प्रस्ताव गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत सिंहले भारत सरकारको तर्फबाट नयाँ सरकार र मन्त्रिपरिषद्का सदस्यहरुलाई आफूले बधाईको दिएको जानकारी दिँदै नयाँ निर्वाचन सम्पन्न गर्न भारतले आवश्यक सहयोग गर्ने बताए ।

उनले निर्वाचनका लागि भारत सरकारले प्राविधिकलगायतका आवश्यक सहयोग गर्ने विश्वास दिलाएको भन्दै अध्यक्ष रेग्मीले निर्वाचन आयोगसँग छलफल गरी के कस्तो सहयोग चाहिने हो जानकारी गराउने जवाफ दिएको पनि बताए

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार आरपी पाण्डेका अनुसार भेटमा अध्यक्ष रेग्मीले सरकारको पहिलो प्राथमिकता निष्पक्ष निर्वाचन भएको बताउँदै निर्वाचनका लागि भारतको प्राविधिक सहयोगबारे निर्वाचन आयोगसँग सल्लाह गरी थप छलफल गरिने पनि जनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>