समाचारबिहीबार, चैत्र १५, २०६९
हत्याका अभियुक्त घिमिरे पक्राउ
वाइसीएलका तत्कालिन ओखलढुंङगा जिल्ला संयोजक यदुनाथ घिमिरेलाई मोरङको दुलारी– १ बाट १४ चैत विहान इलाका प्रहरी कार्यलय वेलवारीले पक्राउ गरेको छ ।
घिमिरेले २४ असार २०६७ मा ओखलढुङ्गाको बिशंखेमा एमाले नेता छवी कार्कीको हत्या गरेको प्रहरीले वताएको छ । २ बर्षदेखि भाग्दै हिडेका घिमिरेलाई पक्राउ गरी १४ चैतमै ओखलढुांमा अड्डासार गरिएको वेलावारीका प्रहरी निरीक्षक अच्युत चापागाइले जानकारी दिएका छन् ।
सीता मादेम्बा, धरान
