समाचारबिहीबार, चैत्र १५, २०६९

निर्वाचन कार्यालय बागलुङमा तोडफोड

हिमालखबर

तीनजनाको समूहमा आएका अपिरिचित व्यक्तिले बाग्लुङ निर्वाचन अधिकारीको कार्यकक्षमा प्रवेश गरी तोडफोड मच्चाएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताएका छन् ।

निर्वाचन अधिकारीको कार्यकक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, टेबुलमा रहेको सीसा फोडेको उपाध्यायले बताए । उनीहरुले केही पनि नबोली सरासर प्रमुखको कार्यकक्षमा प्रवेश गरी आक्रमण गरेका थिए ।

“सेवाग्राहीजस्तो गरी उनीहरु आए, अनि एकछिन सोफामा बसे”, निर्वाचन अधिकारी उपाध्यायले भने, “त्यसपछि डेढ मिनेटमै तोडफोड गरेर बाहिर निस्के ।” उपाध्यायका अनुसार आक्रमणकारीहरुले मुखमा माक्स लगाएर आएका थिए ।

कार्यालय प्रमुखको कार्यकक्षमा दुईजना मात्र छिरेर तोडफोड गरेको र एकजना बाहिर भर्‍याङमा बसेको कार्यालयका कर्मचारी प्रतिमान पौडेलले बताए । तोडफोड गरेर बाहिर निस्कने बेला कर्मचारीले रोक्न खोजेपछि ती व्यक्तिहरुले रड झिकेर आक्रमणको प्रसास गरेको पौडेलको भनाइ छ । निर्वाचन कार्यालय जिल्ला प्रहरी कार्यालयको देखि पाँच मिनेटको दूरीमा पर्दछ ।

नेकपा–माओवादीले आफ्नो पार्टीको संलग्नता रहे/नरहेकोबारे कुनै आधिकारिक धारणा नदिए पनि दिउँसो पत्रकार सम्मेलन गरेर धारणा तय गर्ने जनाएको छ । १५ चैतमै बिहान बागलुङमा भएको पत्रकार भेटघाटमा बोल्दै नेकपा–माओवादीका सचिव देव गुरुङले चुनाव हुन नदिने बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>