समाचारबिहीबार, चैत्र १५, २०६९
पारस अस्पतालबाट फर्किए
८ फागुनमा थाइल्याण्डको राजधानी बैंककस्थित समितिवेज अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस एक महिनापछि १५ चैतमा डिस्चार्ज भएको बैंककस्थित गैरआवासीय नेपालीले जानकारी दिएका छन् । पारसलाई अझै एक महिना चिकत्सकको निगरानीमा रहनुपर्नेछ ।
विगत दुई वर्षदेखि थाइल्याण्डमा बस्दै आएका पारस ८ फागुनमा हृदयघातबाट बेहोस भएको १२ दिनपछि मात्रै होसमा आएका थिए । समितिवेज अस्तपतालका र बैंकका अन्य विशेषज्ञ चिकित्सकहरुको अथक प्रयासपछि पारसको स्वास्थ्य अवस्थामा सुधार आएको हो ।
उनी तत्कालै नेपाल फर्कने कुनै कार्यक्रम नभएको बुझिएको छ ।
