समाचारशुक्रबार, चैत्र १६, २०६९

भक्तपुर निर्वाचन कार्यालयमा तोडफोड

हिमालखबर

फोटो खिच्ने बाहनामा कार्यालयमा आएका अपरिचित ४ जना भक्तपुर निर्वाचन कार्यालयमा आई ४ थान ल्यापटप, एक थान फोटोकपी मसिन फुटाएको र कागजपत्र च्यातेको कार्यालय प्रमुख चुडामणी पन्थीले बताएका छन् ।

आक्रमणकारीहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर तोडफोड गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाग्लुङमा पनि १५ चैत विहान मास्क लगाएर आएका केही व्यक्तिहरुले निर्वांचन कार्यालयमा तोडफोड गरेका थिए ।
नेकपा–माओवादीले निर्वाचन हुन नदिने र मतदाता नामावली संकलनमा अवरोध गर्ने बताए पनि यी घटनाहरुमा आफ्नो संलग्नतामा बारे भने केही बताएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>