समाचारशुक्रबार, चैत्र १६, २०६९

युवकको मृत्युपछि दमौली तनावग्रस्त

हिमालखबर

दमौली बजार: फाइल तस्बीर

लागु औषध सेवन गरेको अभियोगमा पक्राउ परेका तनुहँ पोखरी भञ्ज्याङ ४ का २२ वर्षीय सुजन तामाङलाई प्रहरीले नै हत्या गरेको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि दमौलि तनावग्रस्त बनेको छ ।

आक्रोशित भीडलाइ नियन्त्रण गर्न प्रहरीले एक दर्जन हवाई फायरका साथै सयौं सेल अश्रुग्याँस प्रहार गरेको छ । त्यस्तै प्रर्दशनकारीले एउटा सरकारी गाडी तोडफोड गर्नुका साथै ट्राफिक प्रहरी बिटमा समेत आगजनी गरेका छन् ।

प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाइ हम्मे हम्मे भएपछि पोखराबाट थप सय जना प्रहरी बोलाइएको छ ।

लागु औषध गाँजा सहित पक्राउ परेका तामाङलाई स्वास्थ्य जाँच गराउन तनहुँ अस्पताल लगिएकोमा उनी त्यहाँबाट भागेको र भाग्ने क्रममा मादी नदीको भीरबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनुहँका प्रमुख एसपी देवबहादुर बोहोराले बताए । भीरबाट हामफाल्दा ढुंगामा बजारिएर तामाङको खुट्टा भाँचिएको र शरीरका अन्य भागमा चोट लागेपछि राती नै उपचारको लागि पोखरा लगिएको थियो । उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तमाङको १६ चैत विहान तीन बजे मृत्यु भएको तनहुँ प्रहरीको दाबी छ ।

बोहोराका अनुसार गस्ती प्रहरीले तामाङलाई १५ चैत राती ११ बजे व्यास १ हाइस्कुलटारबाट पक्राउ गरेको थियो । तर, आफन्तले भने हत्याको आरोप लगाउँदै पृथ्वीराज मार्ग अवरुद्ध पार्दै प्रर्दशनमा उत्रीएका छन् ।

तामाङको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा छ ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>