समाचारशुक्रबार, चैत्र १६, २०६९
असारमा निर्वाचन हुँदैनः नेता नेपाल
धनकुटामा १६ चैतमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता नेपालले असारसम्ममा आयोगले निर्वाचनको तयारी गर्न नसक्ने र मौसमले पनि साथ नदिने भन्दै कार्तिक या मंसीर चुनाव हुनसक्ने बताएका छन् ।
अहिले एमाले आन्तरिक विवादलाई थाँती राखेर एकताबद्ध भइ निर्वाचनमा लागेको भन्दै नेता नेपालले एमालेले राष्ट्रिय एकतालाई कायम राख्दै पहिचान र सामथ्र्य सहितको संघीयतालाई मुख्य मुद्दा बनाउने बताए ।
प्रधानन्यायाधीशको नेतृत्वमा गठित मन्त्रिपरिषदका बारेमा आफ्नो असहमति रहे पनि संविधान निर्माण र माओवादीको असक्षम नेतृत्वबाट मुक्तिका लागि वर्तमान सरकारलाई स्वीकार्नु बाध्यता भएको बताए ।
सन्तोष रुचाल, धनकुटा
