थप समाचारशुक्रबार, चैत्र १६, २०६९
नामावली संकलनमा अबरोध गर्नेलाई प्रहरीले लखेट्यो
१६ चैतमा पाल्पाको ठिमूरेमा निर्वाचन आयोगको काममा अवरोध गर्ने नेकपा–माओवादीका कार्यकर्ताहरुलाई प्रहरीले लाठी चार्ज गरी भएपछि मतदाता नामावली संकलन कार्य सुचारु भएको छ ।
प्रहरीको लाठीबाट माओवादी कार्यकर्ता आशिष दुधराज र रिजन थापा घाईते भएका छन् ।
पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीका अनुसार मतदाता नामवली संकलनका लागि प्रयोग गरिएको ल्यापटप माओवादी कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि लाठी चार्ज गर्नुपरेको बताएका छन् ।
घाइते माओवदी कार्यकर्ताको ठिमुरेमै प्राथमिक उपचारपछि थप उपचारका लागि सदरमुकाम तानसेन ल्याउँदै गरेको माओवादीले जनाएको छ ।
देब पचभैया, पाल्पा
