समाचारशुक्रबार, चैत्र १६, २०६९

अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा

हिमालखबर

फाइल तस्बीर: मिनरत्न बज्राचार्य

संविधानसभाको दोस्रो चुनाव हुन लागेको बेला १६ चैतमा अमेरिकी पूर्व राष्ट्रपति कार्टर त्यसबारे बुझ्न र दीर्घकालीन शान्ति अनुगमन गर्न नेपाल आएको कार्टर सेन्टरले जनाएको छ ।

कार्टर सेन्टरले २०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावको अनुगमन गरेको थियो । त्यसबेला निर्वाचन सम्पन्न भएकै साँझ कार्टरले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा भएको भनी दिएको अभिव्यक्तिलाई ‘हतार र हचुवाको अभिव्यक्ति’ भन्ने आरोप लाग्दै आएको छ ।

नेपाल बसाइका क्रममा कार्टरले राष्ट्रपति रामवरण यादव, अन्तरिम चुनावी परिषद्का अध्यक्ष, प्रमुख दलका शीर्ष नेतालगायतलाई भेट गर्ने कार्यक्रम छ । उनी १९ चैतमा नेपाल भ्रमण पूरा गरी म्यानमार जाने कार्यक्रम रहेको कार्टर सेन्टरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>