समाचारशनिबार, चैत्र १७, २०६९

एमालेले लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने

हिमालखबर

देशमा संविधान सभाको निर्वाचनमा विभिन्न दलहरुबीच चुनावी तालमेल हुने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक शक्तिहरुबीच चुनावमा कार्यगत एकता गरिने बताएका छन् । यसअघि नेपाली कांग्रेस सभापति सुशील कोइरालाले पनि लोकतान्त्रिक दलहरुले चुनावी तालमेल गर्नुपर्ने बताएका थिए ।

१७ चैतमा कञ्चनपुरको बेलौरीमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने, “नेकपा एमालेले लोकतान्त्रिक शक्तिहरुबीच कार्यगत एकता गरेर चुनाव लड्छ ।”

निर्वाचन आयोगले असारमै निर्वाचन गर्नका लागि कानूनी र प्राविधिक तयारी गरिहेको भन्दै अध्यक्ष खनालले कारणवश असारमा निर्वाचन हुन नसके राजनीतिक दलहरुको सहमतिमा आगामी मंसीरमा निर्वाचन हुने बताए ।

सरकारले पर्याप्त गृहकार्य गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा खनालले जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>