समाचारशनिबार, चैत्र १७, २०६९
चुनावको वातावरण बनाऊः राष्ट्रपति
१७ चैत बिहान आफ्नै निवासमा प्रमुख चार दलका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपति रामवरण यादवले सरकार गठनको विरोधमा उत्रिएका दलहरुसँग तत्काल वार्ता गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।
यादवले सरकार गठन भएको दुई साता बितिसक्दा पनि निर्वाचनको मिति घोषणा नगरेको भन्दै असंतुष्ट व्यक्त गरेका थिए । भेटपछि सञ्चाकर्मीहरुस“ग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चार दलले निर्वाचनको तयारीका लागि गरेका गतिविधिहरुका बारेमा राष्ट्रपतिले जिज्ञासा राखेको जानकारी दिए । राष्ट्रपतिले तत्काल निर्वाचनको वातावरण बनाएर अघि बढ्न आग्रहसमेत गरेको गौतमले बताए ।
बैठकमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु सहभागी थिए
यसअघि राष्ट्रपति यादवले १६ चैतमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीसँग संविधानसभाको निर्वाचनको मिति तोक्न ढिलाई भइरहेको वारे जानकारी लिएका थिए ।
